आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धारिलो हतियार प्रहार गरी शिक्षकको हत्या

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ४९४ पाठक संख्या

सर्लाही  , पुष ७ : बरहथवामा धारियो हतियार प्रहार गरी एक युवकको बिभत्स हत्या भएको छ । बरहथवा नगरपालिका–५ बस्ने २९ वर्षीय मालिक महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

महतोकोे शनिबार बिहान बरहथवाबाट हात्तिडण्डा जाने कृषि सडक स्थित सोतीखोला नजिकै हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बिहान मर्निङवाकमा जाने स्थानीयले बीभत्स शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभएको छ ।

हत्या भएका महतोले साझेदारीमा बागमती नगरपालिका–४ चारमा स्कुल सञ्चालन गर्दै आएको परिवारले जनाएको छ । महतो उक्त विद्यालयको शिक्षक समेत हुन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस