आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

न्याय सेवालाई व्यवस्थित बनाउन जरुरी छ : प्रधानन्यायाधीश मिश्र

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं  , पुष ७ : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्याय सेवालाई अझ बढी व्यवसायिक र व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । न्याय सेवा भित्रैबाट हुने विरोधको सामना गरेर भएपनि न्याय दिलाउने आफ्नो लक्ष्यमा बिचलित नभई काम गर्न पनि कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल कानुन व्यवसायी परिषदको रजत महोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबैलाई न्याय दिने काममा अझै बढी क्रियाशील भएर अघि बढ्न आग्रह गरेका हुन् ।

न्याय सेवामा थपिएको दायित्व पूरा गर्न कानुन व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, राधेश्याम अधिकारी, कृष्णप्रसाद पन्त, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, राजेन्द्रबहादुर साउदलाई अभिनन्दन पनि गरिएको थियो ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस