आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अध्यक्षज्यू, महाभूल हुनेछ !

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं  , पुष ७ : मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरुको धारणा राख्ने क्रम जारी छ । कसैले सरकारको बचाउ गरेका छन् भने कसैले कटाक्ष गरेका छन् । अधिकांश सदस्यहरुले सरकारको काम उदासीन रहेको बताएका छन् । सरकारले काम कम कुरा बढी गरेको स्थायी कमिटी सदस्यको आरोप रहेको छ ।

हालसम्म ४४ जना सदस्यले धारणा रखेका छन् । शनिबार बिहानको स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षद्वयको कार्यशैलीलाई लिएर आक्रोशित बन्नुभयो । नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । आत्मप्रशंसा र आत्मनिन्दा दुवै गलत भएको उहाँको धारणा थियो । नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै यसबाट महाभूल हुने चेतावनी दिनुभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभएको छ । उहाँको भनाइ अध्यक्षद्वयलाई इंगित थियो ।

उहाँले सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्ने, व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभएको छ । यसअघि योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेपालनिकट नेताहरुले एउटा विचार समूहका नेताहरुलाई खेद्ने काम भएको बताएका थिए । नेकपामा तत्कालीन एमालेको दुई गुट कायमै रहेको र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले माधव नेपाल समूहलाई खेद्ने काम गरेको उनीहरूको गुनासो छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस