आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाबु र साथीको यौन पिजडामा किशोरी, ७ महिनाको गर्भ !

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ६३३ पाठक संख्या

काठमाडौं  , पुष ७ :  भारतको पञ्जाबमा १७ वर्षीया किशोरीमाथि उनका बुवा र बुवाकै साथीले लगातार बलात्कार गर्ने गरेको खुलासा भएको छ । शुक्रबार दुवै आरोपीमाथि मुद्दा दर्ता भएको छ । सिविल लाइंस ठानाका एसएचओ भरत भूषणका अनुसार ती किशोरी ७ महिनाकी गर्भवती भएकी छन् ।

घटना पञ्जावको रुपनगरस्थित एक गाँउको हो । किशोरी आफ्नो बुवासँग बस्दै आएकी थिईन् । किशोरी गर्भवती भएपछि एक महिला बाल संगठनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले किशोरीको मेडिकल टेस्ट गरेको थियो । किशोरीको पेटमा ७ महिनाको गर्भ भेटिएपछि आरोपी बुवा र उनका साथीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यौन अपराध अन्तरगत बच्चाको संरक्षण अन्तरगत कानुनको धारा ३७६ (रेप) सहित अन्य बिषयमा मुद्दा चलाएको छ । यस अपराधमा दोषी ठहरिए ७ वर्षदेखि जन्मकैद गर्न सकिने व्यवस्था छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस