आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा नेपाल बाराका उदयमान नेता अरुण सिहं पार्टिमा लोकप्रिय बन्दै

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ७३२ पाठक संख्या

देवताल संवादाता
पुस ७ : राजपा नेपालका उदयमान नेता अरुण सिहंले पछिलो समय पार्टिमा सक्रियता बढाएका छन् । बाराको देवताल गाउँपालिका–१ निवासी ३८ बर्षीय सिंह हाल राजपा नेपालको प्रबक्ताको रुपमा अग्रणी भुमीका निर्वाह गर्दै पार्टिलाई थप बलियो बनाउने योजना सहित अगाडी बढेको देखिन्छ ।

छोटो समयमा राजनीतिक यात्रामा सक्रियता हासिल गर्दै जनता माझ लोकप्रिय बन्दै गएका नेता सिहं आफ्नो जील्लाका अधिकाशं क्षेत्रमा रहेका स्थानिय तहमा पार्टिको सदस्य बृद्धिका साथै आर्थीक रुपले विपन्न र सिमान्तकृत समुदायको समस्या पहिचान गर्दै उनिहरुको समस्या समाधान गराउने माध्यम समेत बनेका छन् ।

करिब डेढ दशकको राजनीति यात्राको क्रम मै यस जील्लाका एक प्रभावशाली युवा नेताको रुपमा स्थापित भएका नेता सिहं राजपा नेपालमा समेत अग्रणी भुमीकामा देखिएका छन् । पछिलो समय उनको कार्यशैलीका साथै पार्टि प्रतिको लगनशील्ताले पार्टि भित्र पनि उनले सबैको मन जित्न सफल भएका छन् ।

शिक्षक पृष्ठभुमिका उनी पहिलो मधेस आन्दोलन ताकादेखि नै सडक संघर्षमा उत्रेका थिए । सद्भावना पार्टिको सदस्यताबाट राजनितीक जिवनको शुरुवात गरेका सिहं तराईमधेस लोकतान्त्रिक पार्टी हुँदै अहिले एकीकृत भएका ६ मधेसी दलको राष्ट्रिय जनता पार्टीको जील्ला प्रवक्ताको जिम्मेवारी बहन गर्दै गएको राजपा नेपालका जील्ला सदस्य जीतेन्द्र मण्डलले जानकारी दिएका छन् ।

यसरी जनताका साथै पार्टि भीत्रै लोकप्रिय बन्दै गएका सिहंलाई अब हुने राजपा नेपालको जील्ला अधिवेसनमा जील्ला अध्यक्षको जिमेवारी समेत बहन गर्नुपर्ने दबाब बढदै गएको छ । आजकाल पहिलो, दोस्रो र तेस्रो मधेस आनदोलनको क्रममा सहादत प्राप्त गरेका सहिद परिवार र घाइते लगायतको घरमा पुगेर भेटघाट गर्ने र पािर्टको कामलाई प्रथमिक्तामा राख्नु नै सिहंको दिनचर्या बनेको युवा नेता त्रिभुवन दासले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस