AP डेस्क
जीतपुर, पुस ७ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा किरात येले सम्बत ५०७८ औ उधौली साकेला चाद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतीक सम्पन्न भएको छ । किरात राई ययोख्खा बाराको आयोजनामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुरुङ्गले पर्वले सबै जातजातीको रितीरिवाजलाई सम्बद्धन गर्ने प्रेरणा दिने भएकोले आ–आफ्रना समुदायले मान्दै आएको परम्परालाई सम्बद्धन गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।
आयोजक किरात राई ययोख्खा बाराको सुरेस राईको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, भुबन राई, आदिबासी जनजाती प्रदेस समन्वय परिसद २ का सहसम्योजक रामदास धौजु, बारा जिल्ला आदिबासी जनजातीका अध्यक्ष स्याम तामाङ, घेदुङ्ग बाराका अध्यक्ष नेपाल तामाङ्गका अध्यक्ष ध्रुब लामा, मगर संघ बाराका उपाध्यक्ष याम बहदुर जर्गा, भिमेश्वर सामुदायिक वनका अध्यक्ष पेसल मुल्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नर बहादुर राईको स्वागत मन्तब्य र प्रबिन राइको सहजीकरण रहेको थियो । यसैगरी नेवारी समुदायले पनि आज योमरी पुनि पर्व मनाएको जीतपुसिमरा उपमहानगरपालिका १ का वडा सदस्य रामदास धौजुले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस