आज:  २०८२ जेष्ठ ६, सोमबार | Mon, 19, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बंङ्गरी नदि सिचाईको चौथो सधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ६ साल अघि) ४९६ पाठक संख्या

AP संवादाता

कलैया, पुस ७ : बाराको प्रसौनी गाउपालिकामा बंङ्गरी नदि सिचाई योजनाको चौथो वार्षिक सधारण सभा सम्पन्न भएको छ ।

वडा नम्वर ६ बेलहिया टोलमा आयोजित वार्षिक चौथो सधारणको उदघाटन वडाध्यक्ष बृजकिशोर कुशवाहाले गरेका थिए । उदघाटन गर्दै कुशवाहाले अफानो पृष्ठभुमि किसानबाट भएकोले किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखि कार्य गरेको बताएका छन ।

उनले किसानलाई सिचाई गर्न सिचाईको व्यवस्था सहज र सुलभ बनाउद सदैव तयार रहने प्रतिवद्धता गरेका छन । मेरो लक्ष्य किसानलाई कृषिमा सहज वातावरण मिलाउने, शिक्षा तथा स्वास्थ्यमा प्रमुख एजेण्डाको रुपमा रहेको वडाध्यक्ष कुशवाहवाले  बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पारस साहले बंङ्गरी नदिमा पुल निमार्ण कार्य धेरै पहिला आफुले सभाबाट पारित गराई सकेको जनाए । उनले चाडै यस पुलको निमार्ण कार्य सुरु हुने बताए ।

प्रदेश सभा सदस्य साहले यसै गाउमा हुर्के बढेकोले यहाको समस्या बारे प्रत्यक्ष जानकार रहेको जानकारी गराउदै स्वास्थ्यको लागि करिव पाँच किलोमिटर टाढा कलैया जाने समस्याबाट छुटकारको लागि २२ शैया अस्पतालको लागि पहल गरीरहेको जानकारी गराए ।

वङ्गरी नदि सिचाई योजनाको अध्यक्ष रामअस्रे साह तेलीले आफुले आफनो कार्यकालमा भए जति गरेको र हुन नसकेको आगामी दिनमा पुरा गर्ने प्रतिवदता गरेका थिए ।

चौथो वार्षिक साधारणा सभाले विक्रम प्रसाद मण्डलको अध्यक्षतामा नया कार्यसमितीको गठन गरिएको वडाध्यक्ष कुशवाहाले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस