आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ४०९ पाठक संख्या

काठमाडौं , पुष ८ : खोटाङमा गएराती ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दिक्तेलबजारबाट रुपाकोट मझुवागढी निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर नेर्पाको कालीखोलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक ३५ वर्षीय मीनप्रसाद लुईटेल, २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोटका १८ वर्षीय खेमराज भुजेल रहेका छन् । लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस