आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजनीतिक नियुक्तिका भ्रष्टलाई खारेज गर्न नेकपा नेताको माग

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ४७९ पाठक संख्या

काठमाडौं , पुष ८ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्यसहितका नेताहरुले भ्रष्ट वा विवादित छवि भएकाहरूको राजनीतिक नियुक्ति नगर्न माग गर्दै अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

केन्द्रीय सदस्य डा. विजयकुमार पौडेलसहितका ४३ नेताले भ्रष्टलाई नियुक्ति रोक्न माग गर्दै प्रतिनिधिसाभा सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत् ज्ञापनपत्र दिएका हुन् । ज्ञापनपत्रमा यसअघि नियुक्ति भएका भ्रष्ट तथा विवादित छवि भएकाहरुलाई पदबाट बर्खास्त गर्न समेत माग गरिएको छ । ‘यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो, सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘

यसो हुँदाहुँदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भए । यसैगरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भए । यी र यस्ता कतिपय घटनाक्रम तथा काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यसलाई जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाइयोस् ।’

ज्ञापनपत्रमा दिगम्बर झालगायतका भ्रष्टहरुलाई पदबाट तत्काल बर्खास्त गर्न माग रिएको छ । ‘देश लामोसमयदेखि संस्थागत भ्रष्टाचारको दलदलमा भासिएको कुरा कमरेडहरुमा अवगत नै छ’ पत्रमा भनिएको छ, ‘एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखिनै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कार्वाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस