आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘चुँडिए कलिला मुनाः विमानस्थलमा रुवाबासी चलिरह्यो’

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ५४५ पाठक संख्या

काठमाडौं , पुष ८ :  पढेर ठुलो मान्छे बन्ने, समाजको सेवा गर्ने, सानैमा छँदा त भिन्न सोच र रुचि हुन्छ मनमा । कसैले सोद्धा के बन्ने बाबु ? म त इन्जिनियर, पाइलट, डाक्टर थरीथरी आवाज निस्कन्छन् । कहिलेकाहीँ हामीले बुनेका सपना अधुरा, अपुरा बनिदिन्छन् ।

समयको चक्रले मानिसलाई कलकलाउँदो उमेरमा पनि मृत्युको मुखसम्म पु¥याउँछ । दैविक शक्तिसँग त को झुकेको छैन र ! तर, आफ्नै कारणले निम्तिने घटनाले मानसपटललाई झस्काई रहेको हुन्छ ।

मुलुकमा पछिल्लो समय भएका सवारी साधन दुर्घटनाले यात्रा गर्ने यात्रुलाई समेत झस्काइरहेको हुन्छ । एकहोरो दुर्घटना भईरहे, श्रद्धान्जली चढिरहे तर कहिकतैबाट पनि दुर्घटना न्यूनिकरणको दिगो प्रयास थालिएन ।

दुर्घटना भयो, प्रहरी घटनास्थल पुग्छ मुचुल्का तयार हुन्छ, पोस्टमार्टमका लागि शव अस्पताल लगिन्छ । मृतकका आफन्तको एकातिर चिच्याहट हुन्छ । स्थानीय सरकारले बोल्छ अब कसैले अकालमा मर्नु पदैन !  विभिन्न कालखण्डमा भएका दुर्घटनाले यिनै पाठ सिकाएको छ । शुक्रवार दाङमा भएको भ्रमण बस दुर्घटनाले यस्तै तथ्य देखाएको छ । नेपाल सवारी दुर्घटनामा कति जोखिम मुलुक बनेको छ भन्ने ।

डोटी–डडेल्धुरा हुँदै नुवाकोटसम्म भएका दुर्घटनाको कारणबारे यकिन तथ्य सार्वजनिक भएको कहिकतै देखिएको छैन । नभन्दै पुनः दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत २३ विद्यार्थीको सपना अधुरो रह्यो । प्राविधिक शिक्षा हासिल गरेर समाजको सेवा गर्ने इच्छा खोलामै सीमित भयो । एकै चिहान बने कलिला २३ युवा ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस