आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्यासिफिक समिटको नाममा सरकारलाई नखुइल्याउँ’

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं , पुष ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एसिया प्यासिफिक सम्मेलनकै बिषयलाई लिएर सरकारको आलोचना गर्न नहुने बताउनु भएको छ । स्थायी कमिटी बैठकमा यसअघिसम्म प्रधानमन्त्रीको केपी ओलीको कार्यशैलीको बिषयमा आलोचना गर्नुभएका नेता नेपालले एसिया प्यासिफिक सम्मेलनमा भने बचाउ गर्नुभएको हो ।

स्थायी कमिटी बैठकमा अधिकाँश नेताहरुले एसिया प्यासिफिक सम्मेलनलाई आधार बनाएर प्रधानमन्त्री केपी ओलीप्रति आक्रोस व्यक्त गरेका थिए । अाइतबारकाे बैठकमा त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिनुअघि नेता नेपालले  थप प्रष्ट्याउनु भएको हो ।

‘त्यस्तो कार्यक्रममा प्रधानमन्त्री अहिले मात्र सहभागी भएको होइन, विगत भएका कार्यक्रममा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाजी पनि सहभागी हुनुभएको थियो । उहाँहरु पनि यस्तो कार्यक्रममा सहभागी भएको फोटा फेसबुक र अनलाइनमा छ्यासछ्यास्ती आइरहकै छन्’ बैठकमा उहाँले भन्नभयो, ‘त्यसकारण त्यही कार्यक्रमलाई आधार बनाएर प्रधानमन्त्रीप्रति कटाक्ष गर्नु, सरकारको आलोचना गर्नु बेकार छ  । यस्ता कार्यक्रम आगामी दिनमा नेपालमा गराउन नमिल्ने हो भने  त्यही अनुसारकाे याेजना बनाउ ।’

बैठकका अन्तिम वक्ता परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले सरकारले राम्रो  काम गरेको तर त्यसको प्रचार हुन नसकेको उल्लेख गर्नुभयो ।  ‘प्यासिफिक समिटको नाममा सरकारलाई नखुइल्याउँ’ उहाँले भन्नुभयाे ।

अघिल्लो शनिबारदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ । स्थायी कमिटी सदस्यहरुको प्रश्न र जिज्ञाषाप्रति प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजे जवाफ दिने कार्यक्रम छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस