काठमाडौं , पुष ८ : नेपाली कांग्रेसले संस्थापकहरुमा सुवर्णशम्शेर राणालाई थपेको छ । । महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
प्रस्तावनामा ‘नेपाली कांग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको विसं २०१५ को प्रथम संसदीय आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने शुरुवात प्राप्त’ वाक्य थप गरिएको छ । ‘नेपाली कांग्रेसको विधान, २०१७’ देखि अहिलेसम्म संस्थापकमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम मात्र उल्लेख गरिएको थियो ।
पार्टी स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व साथै पार्टीलाई आर्थिकरूपमा भरमग्दुर सहयोग गर्नुभएका संस्थापक नेता सुवर्णको नाम उल्लेख थिएन । यद्यपि कांग्रेसले पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शम्शेरको नाम उल्लेख गर्ने र उहाँको योगदान संझिने गरेको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस