विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् । कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallenge.org मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको छ ।
कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी छ । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ ।
सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ । नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।
प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस