आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वप्रधानमन्त्रीहरुको फलोअप् गरेको हुँ !

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं , पुष ८ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एसिया प्यासिफिक समिटलाई लिएर धेरै अनर्गल प्रचार नगर्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरुले फलोअप् गर्दै आएको सिस्टमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पहिलेदेखि नै यस्ता कार्यक्रममा जाने गरेको उल्लेख गर्नुभयो ।

एसिया प्यासिफिक समिटमा नेपालको राष्ट्रियतालाई कुनै असर नपरेको बताउँदै उहाँले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । देशमा हुने विभिन्न समारोह र कार्यक्रममा सरकारले सुरक्षा दिनु नैतिक दायीत्व रहेको उहाँको भनाइ छ । विभिन्न ४५ देशका राष्ट्र प्रमुख नेपाल आएको अवसरमा मित्रता र सम्बन्ध कायम गर्नु सरकारको दायित्व हुने उहाँको तर्क थियो । नेपालको शान्ति सुव्यवस्था कायम गर्न सरकार तल्लिन रहेको उहाँको धारणा छ ।

एक फरक प्रशंगमा बोल्दै प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई विश्वको पहिलो ‘वुटिक विमानस्थल’ बनाउने उहाँको दाबी रहेको छ । पछिल्लो समय बढेको हवाई चाप र व्यवस्थित उडानका लागि सरकार लागेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले स्वर्गीय कृष्णप्रसाद भट्टराई सन्त, साधारण नेता भएको स्मरण गर्नुभयो ।

उहाँले नेपालको राजनीतिक आन्दोलनमा पु¥याएको योगदानको उच्च सम्मान रहेको ओलीले बताउनुभयो । साधारण जीवनशैलीका नेता भट्टराईले देशलाई आफ्नो क्षमताले सर्वस्व सुम्पिनु भएको तर केही नलगेको उहाँको भनाइ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस