पुष ८ : टक शो ‘कफि विथ करण’मा कुराकानी गर्ने क्रममा बलिउड नायिका साराअली खानले आफूलाई बलिउड नायक कार्तिक आर्यनसँग रोमान्स र डेट जान मन लागेको बताएकी थिइन् । केही दिन अगाडि मात्र नायक रणवीर सिंहले कार्तिक र साराको भेट गराएका थिए । सारा कार्तिकलाई भेट्दा निकै खुशी देखिएकी थिइन् ।
अब, साराको कार्तिकसँग काम गर्ने सपना पुरा हुने संकेत देखिएको छ । निर्देशक इम्तियाज अली चलचित्र ‘लभ आजकल’को सिक्वेल बनाउने तयारीमा छन् । यो चलचित्रमा कार्तिकले काम गर्ने पक्का भैसकेको छ ।
अब, इम्तियाज अलीले चलचित्रमा नायिकाको रुपमा सारासँग कुरा भैरहेको बताएका छन् । अहिलेसम्म कार्तिक र साराले काम गर्ने बिषयमा फाइनल कुरा आइसकेको छैन । तर, साराको कार्तिकसँग काम गर्ने सपना पुरा हुने संकेत मिलेको छ ।
साराअली खानले चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । पहिलो चलचित्रबाट नै सफलता पाएपछि अहिले उनको चर्चा बलिउडमा खुबै चल्न थालेको छ । उनी बलिउडकी पहिलो नम्बरकी रोजाइकी नायिका बनेकी छिन् ।
अनलाइनखबर
प्रतिक्रिया दिनुहोस