आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर कारोबार २ प्रतिशतले बढ्यो

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ५४९ पाठक संख्या

काठमाडौं  , पुष ८ : धितोपत्र बजारमा आइतबार शेयर कारोबार बढेको छ । नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर १ हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । कारोबार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब ३८ पुगेको छ । कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर ८७ करोड ५५ लाख ७२ हजार ७६३ रुपैयाँमा किनबेच भएको छ ।

उपसमूहमध्ये उत्पादन बाहेक सबैको शेयर बढेको छ । उत्पादन छ दशमलब ०५ बिन्दुले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८ दशमलब ०२ले बढेको छ । बैंकिङ २४ दशमलब ९२, होटल ६३ दशमलब ९२, विकास बैंक २८ दशमलब ६४, जलविद्युत् २६ दशमलब १६, वित्त चार दशमलब ९३, अन्य १७ दशमलब २९ लघुवित्त ६३ दशमलब ७५ र जीवन बीमा २४७ दशमलब ३३ ले बढेको छ ।

यसैगरी आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस