आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विन्दास रेबिका

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ५९५ पाठक संख्या

काठमाडौं , पुष ८ : नव–नायिका रेबिका गुरुङको शैली विन्दास छ । उनी, आफ्नो चलचित्र यात्रा कस्तो होला भनेर खासै सोच्दिनन् । बरु भन्छिन्–‘काम गर्दै जाने हो, आत्तिएर काम नै छैन ।’

चलचित्र ‘मारुनी’बाट डेब्यू गर्न लागेकी नायिकालाई यसका दुई चलेका कलाकारको उपस्थितीले पनि आफूलाई असर गर्छ भन्ने लाग्दैन । बरु, उनी आफ्नो भूमिकालाई बलियो रुपमा प्रस्तुत गर्ने धुनमा छिन् । नेपाली चलचित्र क्षेत्रमा भित्रने नायिकाहरुको सपना स्टार नै बनौ भन्ने हुन्छ ।

चलचित्रलाई बलियो करिअर बनाएर नाम र दाम दुबै कमाउने सोच उनीहरुले बोकेका हुन्छन् । रेबिकालाई पनि स्टार बन्ने सोच त छ, तर यसका लागि उनी ठूलो सपना भने नदेख्ने बताउँछिन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस