आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा क्रिष्टियन धर्मालम्बिद्धारा शुभकामना अदानप्रदान, कार्यक्रममा बालबालिकाको ब्यापक प्रयोग

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ५६३ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस ८ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा जेम्स प्रार्थना भवन सुन्दरपुर पर्साले ख्रिष्टमसको शुभ अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आउदै गरेको २०१९ ख्रिष्टमसको आवसर पारेर बारा र पर्सा ख्रिष्टियन समाजको सहआयोजनामा यो कार्यक्रमको अयोजना गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले सबै धर्मसमुदायको सम्मान गर्दै समाजलाई धार्मिक सहिसुणता राख्नुपर्ने कुरामा जोडदिनुभएको थियो ।

ख्रिष्टियन समाजका अध्यक्ष किसन तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतपुरका स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई क्रिष्टियन धर्मसंग सम्बन्धित विभिन्न धार्मीक नृत्य र प्रवचन प्रस्तुत गरीएको थियो । कार्यक्रममा बालबालिकाको ब्यापक रुपमा प्रयोग गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस