आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानाध्यापक सरूवाले वीरगञ्ज तनावग्रस्त

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ४४५ पाठक संख्या

पर्सा पुष ९ : विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई सुखचैना माविमा सरुवा गरेको छ । विद्यार्थीले त्यही बिषयलाई लिएर नगरप्रमुख विजयकुमार सरावगीविरुद्ध नाराबाजी गरेका छन् ।

नगरप्रमुख सरावगीले भने प्रधानाध्यापक मेहताले विद्यापीठको शैक्षिक वातावरण बिगारेको कारण सरुवा गर्नुपरेको बताउनु भएको छ । प्रधानाध्यापक मेहताले विद्यापीठमा अग्रेजी माध्यम बनाएर अभिभावकसँग बढी शुल्क लिएको र विद्यालयलाई राजनीतिक अखडा बनाएको उहाँको आरोप छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस