आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूकम्पले भत्किएका ३० विद्यालय असारसम्ममा पुनःनिर्माण हुने

AuthorAP Khabar२०७५ पौष ९, सोमबार (५ साल अघि) ४०७ पाठक संख्या

भोजपुर  , पुष ९ : भोजपुर जिल्लामा भूकम्पले भत्किएका ३० ओटा विद्यालय आउँदो असारसम्ममा पुनःनिर्माण हुने भएका छन् ।भूकम्पले क्षति भएका एक सय ७६ मध्ये ३० ओटा विद्यालयको पुनःनिर्माण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूवार्धार भोजपुरका प्रमुख राजनराज रेडिले जानकारी दिनुभयो ।

यस अघि १६ ओटा विद्यालयको पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिइएको छ । भूकम्पले भत्किएका विद्यालयहरुको पुनःनिर्माण गर्दा मापदण्डअनुसार बनाउन लागि अपनाउनु पर्ने प्राविधिक ज्ञानको विषयमा अभिमुखीकरण गोष्ठीमार्फत् जानकारी समेत दिइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा भूकम्पले क्षति भएका भवनलाई बलियो र गुणस्तरीय बनाउने बारेमा छलफल भएको थियो ।

आयोजना कार्यान्वयन इकाईका शिक्षा शाखा अधिकृत पूर्णनिधि शर्माले अब बन्ने घरहरु भूकम्प प्रतिरोधी बन्नुपर्ने, निमार्णमा एकरुपता हुनुपर्ने, ठेक्का लाउन नपाइने र व्यवस्थापन समिति आफैले निमार्ण गर्नुपर्ने जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस