आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३२ घर खरानी, नियन्त्रणमा आएन आगलागी

AuthorAP Khabar२०७५ पौष ९, सोमबार (५ साल अघि) ४८७ पाठक संख्या

कालीकोट  , पुष ९ : खाडागाउँमा बिहान भएको आगलागीमा ३० घर जलेर नष्ट भएका छन् । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सल्केको आगोले गणेश आधारभूत विद्यालयसँगैको पूरै बस्ती जलेको छ ।

पानीको स्रोत नजिक नभएकाले आगलागी नियन्त्रण गर्न कठिन भएको हो । मानवीय क्षतिबारे जानकारी प्राप्त भएको छैन । आगो अझै नियन्त्रणमा नआएको गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बमका अनुसार स्काइ मोबाइल मात्र टिप्ने खाँडीगाउँमा टावर गएपछि बिहान ३ बजेपछि सम्पर्क टुटेको छ । आगो नियन्त्रणका लागि पलाता विकास निर्माण कार्यदलका ४० जना गाउँ पुगेका छन् । सदरमुकाम मान्माबाट सशस्त्र प्रहरीको टोली पलाता गएको छ ।

यस्तै, उदयपुरको कटारीमा चुनढुङ्गा खानीको ट्यांङ्करमा आगलागी हुँदा तीन करोडको क्षति भएको छ । एक ट्यांङ्कर र एक स्काभेटर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ११ बजेतिर अचानक ट्यांङ्करमा आगलागी भएको थियो । आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो । आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस