आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरा मालपोतमा पनि अनलाईन सेवा सुरु

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ८०० पाठक संख्या

 AP डेस्क

बारा ,  पुस ९ : भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दबाडीले मानविय र भौतिक गतिविधीका कारण मालपोत अन्तरगत रहेका सुचना र विवरणहरु हेरफेर हुने क्रमलाई रोक्न र विरणहरुलाई केन्द्रिकृत रुपमा सुरक्षीत राख्न अनलाईन प्रविधिले सहयोग पु¥याउने जानकारी दिनुभएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्थित मालपोत कार्यालय सिमराको अनलाईन सेवाको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मालपोत कार्यालयको काममा एक रुपता ल्याउन र विवरणलाई केन्द्रिकृत गर्न यो प्रविधि सुरु भएको जानकारी गराउनुभएको हो । विभागका महानिर्देशक दबाडीले देश भरीमा रहेको एक सय ३१ कार्यालय मध्ये ४६ नम्बर मा सिमरा मालपोत कार्यालयमा आजबाट अनलाईन सेवाको उद्घाटन भएको बताउदै सबै मालपोतले दिने सेवालाई सरलीकरण गर्ने उद्देश्य सहिँत यो सेवा शुरु गरेको जानकारी गराउनुभएको छ ।

उहाँले हाम्रो मुख्य सम्पत्ती भने कै घर जग्गा भएको बताउँदै यसको रक्षा गर्न कार्यालयहरुको काममा एक रुपता ल्याई एउटै पद्दत्तीबाट सेवा दिन अनलाईन प्रविधिले सहयोग पुग्ने बताउनुभयो । विभागका महानिर्देशक दबाडीले मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव रहेको बताउँदै केहि समय भित्रै यस समस्याको समाधान गरी छिटो र छरीतो तरीकाले जनतालाई सेवा दिन यो विभाग प्रयासरत रहेको समेत जानकारी गराउनुभएको थियो ।

उहाँले हस्त लिखित प्रकृ्रयाबाट अनलाईन प्रकृयामा जान यहाँका कर्मचारीहरुलाई केहि समय लाग्ने भएकोले त्यसबाट सेवा ग्राहिलाई नआतिन आग्रह गर्दै दुईचार दिनमा समस्याको समाधान हुने र सेवा सरल हुने जानकारी गराउनुभयो । यसैगरी कार्यक्रममा भुमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक रामदत्त भट्टले हाल मालपोतमा लागु गरिएको अनलाईन प्रविधिले जनतालाई दिने सेवा सुविधामा एक रुपता ल्याउँने र राजश्व सम्बन्धि देखिएको द्धवन्द्धलाई समेत न्यूनिकरण गर्ने योजना रहेको बताउनुभयो ।

मालपोत कार्यालय सिमरा बाराका प्रमुख मदन प्रसाद गुप्ताको सभा अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपरसिमरा उपमहानगरपालिका १० साविक छातापिपरा गाँविस ५ बस्ने साहुदुल चौधरीलाई कार्यक्रमका प्रमुख अतिथी विभागका महानिर्देशक दबाडी लगायत जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेलले कम्प्युटराईज लालपुर्ज प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जतिपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख सरस्वती चाध्ैरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरशे खनाल, नगरउप प्रमुख लिलादेवि खनाल, जतिपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्नाथ घिमिरे, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल लगाएत सेवा ग्राही र स्तथानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस