आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवोदयका ४९ बिद्यार्थीद्वारा आत्महत्या !

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ६९२ पाठक संख्या

काठमाडौं  , पुस ९ : सरकारले बालबालिकाहरुको स्तरोन्नतीका लागि स्थापना गरेको नवोदय विद्यालयमा ४९ छात्रछात्राले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार २०१३ देखि ०१७ को बीचमा ४९ ले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा आधाजति दलित र आदिवासी रहेका छन् । आत्महत्याको कारण अझै स्पष्ट हुन सकेको छैन ।

यी मध्ये ७ बाहेक बाँकी गलामा डोरी बेरेर आत्महत्या गरेको पाइएको छ । गरिब बालकालिका पढ्ने गरी स्थापनार्थ भएको नवोदयमा आत्महत्याको डरलाग्दो तथ्यांक बाहिरिएको हो । राम्रो परिणाम ल्याएका बिधार्थीहरु यस विद्यालयमा अध्ययनरत छन् । यो विद्यालय १९८५ मा स्थापना भएको हो । २०१२ देखि लगातार १० देखि १२ कक्षासम्मको परिणाम ९९ र ९५ प्रतिशत सफल रहेको छ । हाल यो विद्यालयमा २ लाख ८० हजार बालबालिका अध्ययनरत रहेका छन् ।

आत्महत्याको दर बढ्दै गएपछि अभिभावक चिन्तित बनेका छन् । बाध्यताले विद्यालयमा भर्ना गरेपनि उनीहरुको सुरक्षा नभएको अभिभावकको गुनासो छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस