आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला चरेससहित पक्राउ

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ४८३ पाठक संख्या

रोल्पा  ,  पुस ९ :  थवाङ गाउँपालिका वडा नम्बर ५ उवाकी वरमाया पुन चरेससहित पक्राउ परेकी छन् । ५५ वर्षीया पुनलाई प्रहरीले ५ किलो चरेसहित पक्राउ गरेको हो ।

उनलाई सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा १ ज ६८९ नम्बरको जीप जाँच गर्ने क्रममा लुकाइछिपाई अवस्थामा राखिएको चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गराइएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनुभयो । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेस पक्राउ गर्दै आए पनि ओसारपसार रोकिएको छैन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस