आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अख्तियारले राष्ट्रपतिलाई बुझायो भ्रष्टाचारको पोको

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं  ,  पुस ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचारको अवस्था र निवारणमा भएका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगले भ्रष्टाचार नियन्त्रणको लागि गरिएका विभिन्न प्रयाससहितको २८ औ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो ।  प्रतिवेदन अनुसार मुलुकमा भ्रष्टाचारको अवस्था भयावह देखिएको छ ।

आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति कार्यालय सितल निवास पुगेर आर्थिक वर्ष २०७४, ०७५को प्रतिवेदन बुझाउनु भएको हाे ।

आर्थिक वर्ष २०७४, ०७५ मा आयोगमा भ्रष्टाचार सम्बन्धी १९ हजार ४ सय ८८ उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।  १३ हजार १३ उजुरी आयोगमा आएको र माहतहतको कार्यालयमा ६ हजार ४ सय ७५ उजुरी दर्ता भएको हो । त्यस मध्येका ७ हजार ७ सय ७५ उजुरी अघिल्लो वर्षबाट सरेर आएको र आर्थिक वर्ष २०७४, ०७५ मा ११ हजार ७ सय ६९ उजुरी थपिएको अख्तियारले जनाएको छ ।त्यस मध्ये १२ हजार ४ सय उजुरी फछ्यौट भएको र ६ हजार ५४ सय ५८ उजुरी छानविनबाट तामेलीमा राखिएको प्रतिवेदनमा जनाइएको छ ।

अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्धा बिशेष अदालतमा दर्ता गर्दै आएको छ । गएको अर्थिक वर्षमा बिशेष अदालतमा १ सय ९४ मुछा दर्ता भएको छ । त्यस मध्ये ९७ वटा घुस, ६४ वटा नक्कली शैक्षिक प्रमाणपत्र, १३ वटा सार्वजनिक सम्पति हानी नोक्सानी, ८ गैरकानुनी लाभ हानी, ५ वटा राजश्व हिनामिना, ४ वटा गैर कानुनी सम्पति आर्जन र ३ वटा अन्य बिषयका मुद्धा छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस