आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विकासमा जापान भरपर्दो साझेदार’

AuthorAP Khabar २०७५ पौष ९, सोमबार ( ५ साल अघि) ४५८ पाठक संख्या

काठमाडौं  ,  पुस ९ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा जापान भरपर्दो साझेदार भएकाे बताउनु भएकाे छ ।

काठमाडाैंमा सोमबार आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ अन्तरक्रिया कार्यक्रममा  अध्यक्ष दाहालले नेपाललाई जापानले विनासर्त निःश्वार्थभावले आर्थिक सहायता गर्दै आएको स्मरण गराउनुभयो ।  उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पउल्लेख गर्नु भयो । उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले  विशिष्ट ढंगको रहेको बताउनुभयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस