काठमाडौं , पुष १० : जाडोसमयमा अत्यधिक रुपमा मानिसलाई चायाँ सताउने गर्दछ । हेलचेक्र्याइँ गर्दा चायाँको समस्याले जटिल रूप पनि लिन सक्छ। चायाँले कपाल झार्ने चिलाउने जस्ता समस्या देखापर्छ । चायाको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, तालुबाट रगत बग्ने लगायतका समस्या हुने गर्छ।
चायाँपर्ने कारण
-सरसफाइमा ध्यान नदिँदा, कपाल कम नुहाउने बानीले कपालमा चायाँ पर्न सक्छ।
-शरीरमा हुने हर्मोन परिवर्तनका कारण पनि चायाँको समस्या हुन्छ।
-कतिपयमा वंशाणुगत कारणले पनि चायाँपर्ने गर्छ। चायाँको कारक टाउकोको छालामा बढी समस्या हुनु, अस्वस्थकर खाना, कपालमा रसायन बढी प्रयोग पनि हो ।
-सुक्खा वातावरणमा बस्ने मानिसमा पनि चायाँको समस्या हुन्छ।
-लामो समयदेखि तनाव, थकान, चिन्ता, टाउकोको एलर्जी लगायतका कारण पनि कपालमा चायाँ पर्छ।
यसबाट बच्ने उपाय ?
–स्वास्थ्यकर भिटामिनयुक्त खाद्य पदार्थको प्रयोगले चायाँको समस्याबाट बच्न सकिन्छ।
–चायाँबाट बच्न नियमित रूपमा कपाल नुहाउँदा राम्रो हुन्छ। तर टाउको नुहाउन बढी मात्रामा स्याम्पुको प्रयोग गर्नुहुँदैन।
–कपालको सौन्दर्य बढाउन अत्यधिक रसायनको प्रयोग गर्ने बानी हुन्छ। यो घातक हो। त्यस्तै त्यस्तो बानी तत्काल हटाउँदा राम्रो हुन्छ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस