आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

अपरिचित व्यक्तिद्वारा ससुराको हत्या, बुहारी घाइते

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ६ साल अघि) ४८२ पाठक संख्या

बैतडी  , पुष १० :  सिगास गाउँपालिका–९ श्रीभावरमा आइतबार राति ६० बर्षीय एक व्यक्तिको हत्या भएको छ ।

मुखमा मास्क लगाएर आएका अपरिचित व्यक्तिको आक्रमणबाट श्रीभावरका जसु बोहराको हत्या भएको हो । घटनामा उहाँकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरा घाइते हुनुभएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना भएको थियो ।

घाइते लक्ष्मीको स्थानीय चौकीमा उपचार पछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस