आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्राध्यापक आन्दोलनमा

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४४५ पाठक संख्या

कञ्चनपुर , पुष १० : विश्वविद्यालयमा एकलौटी रुपमा कर्मचारी भर्ना गरेको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् ।

केन्द्रीय क्याम्पसका प्रमुख डा. भूपेन्द्र विष्टले ६ आंशिक शिक्षक, प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् ।

प्राध्यापक संघले नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । संघका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा. विष्टको राजीनामा समेत माग गर्नुभयो । उहाँले प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप रुपमा नियुक्ति दिएको आरोप लगाउनुभयो ।

प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यक पर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषदमा सिफारिश गर्ने व्यवस्था भएपनि विष्टले एकलौटी रुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव बढेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस