आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘एकनाथ ढकालको संस्था क्रिश्चियन विरोधी’

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ७०५ पाठक संख्या

काठमाडौं  , पुष १० : युपीएफद्वारा आयोजित एसिया प्यासिफक सम्मेलनको बिषयलाई लिएर मुलुकमा अहिले प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना भइहेको छ ।

सम्मेलनमा प्रधानमन्त्री ओली र नेता नेपालको सहभागितालाई आधार बनाएर उहाँहरुले मुलुकमा क्रियश्चियनलाई प्रोत्साहन गरेको आरोप लगाउनेहरुको कमी छैन । तर राष्ट्रिय क्रिश्चियन महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले भने युपीएफ ईसाई धर्मावलम्बीहरुकोविरुद्धमा रहेको खुलासा गर्नुभएको छ । ‘त्यो सम्मेलन ईसाईविरोधी कार्यक्रम हो’ उहाँ भन्नुभएको छ’, ‘ त्यसप्रति नेपालमा रहेका १२ हजार ५ सय चर्च र ३० लाख इसाईको सख्त विरोध छ ।’

‘पूर्वमन्त्री एकनाथ ढकालले नेतृत्व गर्नुभएको युपीएफमा ईसाई समुदायका कोही पनि संलग्न नरहेको अध्यक्ष गहतराजको भनाई छ ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजालमा अध्यक्ष गहरातका कुराले आफू अचम्म परेको उल्लेख गर्नुभएको छ ।

‘युपीएफ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएकोमा केपी ओली र माधव नेपालले नेपालमा इसाईकरण गरे भनेर होहल्ला मच्चाइएको छ’ युवा नेता रिजालले फेसबुकमा लेख्निु भएको छ, तर सीबी गहतराज नामक इसाईका नेताको कुरा सुन्दा उनले त्यो इसाईविरोधी कार्यक्रम हो, त्यसमा नेपालमा रहेका १२ हजार ५ सय चर्च र ३० लाख इसाईको सख्त विरोध छु भने’ उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ, ‘ विगतमा मुलुकलाई जातका आधारमा टुक्राटुक्रा गर्न पाइँदैन भनेवापत माधव नेपाल र केपी ओलीमाथि बाहुनबादी, संघीयताविरोधी र हिन्दूबादीुको आरोप लाग्थ्यो । ओलीले दशैँमा इच्छुक व्यक्तिलाई टिका लगाइदिँदा चरम हिन्दूवादी भएु भनेर आकाशै खसे जसरी विरोध गरियो, माधव नेपालकी श्रीमतीले खुट्टामा ढोगिन् भनेर त्यसलाई ठूलो प्रचारको विषय बनाएर उनलाई धर्मभीरु  सावित गरियो । नेताका दुःख छन्, बोलाएको ठाउँमा जानुपर्छ । त्यसमध्ये कसैले आफूलाई भगवान दावी गर्छन्, कसैले ईश्वरीय अवतार भन्छन् । त्यसमा नेताहरुले के नै गर्न सक्छन् ?’

प्रतिक्रिया दिनुहोस