आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शहीद स्मारक लिग : ११औँ चरणका खेल बुधबारदेखि

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४९१ पाठक संख्या

काठमाडौं  , पुष १० : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत ११औँ चरणका खेल बुधबारदेखि शुरु हुँदैछन् ।

दशौँ चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । बुधबार नै हुने तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब हल्चोक मैदानमा भिड्नेछन् ।

बिहीबार हुने पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लब तथा दोस्रो खेल सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । उपाधि होडमा रहेको मनाङ र मनाङलाई पच्छ्याइरहेको सङ्कटाबीचको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । सङ्कटा र मनाङबीचको खेल मनाङले जिते दुई खेलअगावै मनाङले लिगको उपाधि जित्नेछ ।

त्यसैगरी ११ औँ चरणको अन्तिम खेल शुक्रबार हुनेछ । शुक्रबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेलमा नेपाल पुलिस र थ्रीस्टार क्लब भिड्नेछन् । दुबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

दशौं चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अंकसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अंकसाथ दोस्रो, थ्रिस्टार २३ अंकसाथ तेस्रो, १८ अंकका साथ त्रिभुवन आर्मी चौथो, १६ अंकसहित एपिएफ पाँचौँ, १५ अंकसहित नेपाल पुलिस छैटौँ स्थानमा छन् ।

यसैगरी १४/१४ अंकसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अंकसाथ सरस्वती नवौँ, आठ/आठ अंकसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ/छ अंकसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ र न्युरोड टिम (एनआरटी) चार अंकका साथ तालिकाको अन्तिम स्थानमा छ ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस