आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंको तापक्रम २ डिग्री, चिसो अझै बढ्ने

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४२७ पाठक संख्या

काठमाडौं  , पुष १० : काठमाडौंको न्यूनतम तापक्रम मंगलबार २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महशुस गरिएको छ । माैसमविदहरूले चिसो अझै बढ्ने बताएका छन् ।

सबैभन्दा कम तापक्रम जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ं.२ डिग्री पुगेको छ । दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी विराटनगरको छ ।

विराटनगरको तापक्रम न्यूनतम ९.५ र अधिकतम २६. ४ डिग्री छ । सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६ं ५ डिग्री रहेको जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जनवरीमा बढी चिसो हुने गर्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस