आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीको दुर्व्यवहारबाट हृदयाघात

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ५७८ पाठक संख्या

सप्तरी  , पुष १० : राजगढ गाउँपालिकामा विद्युत चुहावट नियन्त्रण गर्न गएका प्रहरीको दुर्व्यवहारपछि महिलालाई हृदयाघात भएको छ ।  वडा नम्बर २ कमलपुरका ४० वर्षीया सवितादेवी झाको हृदयाघातबाट मृत्यु भएको हो ।

भारतीय नाकासँगै जोडिएको टोलमा पटकपटक भएको डकैतीले स्थानीयहरु त्रसित भएका बेला प्रहरीले डकैतीय शैलीले घरमा पसेर गरेर  गर्दा महिलालालाई डरले हृदयघात भएको आफन्त जीतेन्द्रकुमार यादवले बताउनु भयो ।

झाको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी शैलीको विरोध गर्दै मृतक परिवारलाई उचित राहत माग गरेका छन् । प्रहरीको शैलीमा सुधार तथा मृतक परिवारलाई राहत व्यवस्था नभए शव पोष्टमार्टम गर्न नदिइने वडाध्यक्ष ललितनारायण सिंहले बताउनु भयो । प्रहरी उपरीक्षक राजेन्द्र विष्टले प्रहरीकै कारण महिलामा डर उत्पन्न भएर हृदयाघात भएको स्वीकार्नु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस