आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवतीको रुममा क्यामेरा जोडेका घरमालिकको कर्तुत !

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४२० पाठक संख्या

काठमाडौं , पुष १० : दक्षिण मुम्बईका एक घरबेटीले आफ्नै घरमा बसेकी तीन युवतीको भिडियो बनाउने गरेको खुलेको छ । यो बिषय त्यतिबेला थाहा भयो जब घरमालिकले उनीहरुको कुरा दोहो¥याईरहेका थिए । त्यसपछि ती युवतीले आफ्नो पुरै कोठा जाँच गरिन् । कोठामा उनीहरुले एक इलोक्ट्रोनिक एडप्टर फेला पारिन् ।

घरबेटीले उनीहरुको भिडियो बनाइरहेको फेला प¥यो । यो घटना १९ डिसेम्बरको हो । अहिले मात्रै मिडियाले थाहा पाएका हुन् । प्रहरीले कोठामा क्यामेरा लगाएको आरोपमा घरमालिकलाई गिरफ्तार गरेको छ । प्रहरीले महिलामाथि भएको हिंसाको बिषयमा मुद्दा दर्ता गराएको छ ।

प्रहरीले कोठाको क्यामेरा समेत बरामद गरेको छ । आरोपीले उक्त क्यामेरालाई आफ्नो मोबाईल फोनमा कनेक्ट गरेका थिए । आरोपी उक्त घरमा आफ्नो बुवाआमासँग बस्ने गरेका थिए ।
उनले एक कोठा तीन युवतीलाई भाडामा दिएका थिए ।

एकदिन युवतीलाई शंका लाग्यो । घरमालिकले उनीहरुको भिडियो रेकर्ड गरिरहेका थिए । छानबिनकै क्रममा ती युवतीले आफ्नै कोठामा क्यामेरा राखेको फेला पारिन् । कपडाले छोपेको अवस्थामा क्यामेरा फेला परेको थियो । जब युवतीले घरमालिकलाई सोधिन्, त्यो एक एन्टिना भएको उनको जवाफ थियो ।

त्यसपछि तीन युवतीले उक्त एडप्टरको फोटो खिचेर ईंन्टरनेटमा सर्च गर्दा त्यो कोठामा राखिने क्यामेरा थियो । युवतीले प्रहरीलाई खबर गरेकी थिईन् । अहिले प्रहरीले घरमालिकलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस