आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवन महोत्सव पुस २५ देखि

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ५२३ पाठक संख्या

चितवन  , पुष १० : पुस २५ गतेदेखि चितवन महोत्सव हुने भएको छ । १२ औं  महोत्सव उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको हो ।

महोत्सव नारायणी नदी किनारमा गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । जिल्लामा २०५३ सालदेखि दुई वर्ष अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ ।

उद्योग वाणिज्य संघको अगुवाईा हुन लागेको महोत्सवमा न, जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिका समेत आयोजक छन् । आयोजनाका अनुसार महोत्सवमा सञ्चालन ५ सय स्टल राखिने छ ।  महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ । प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दैछ ।

चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अङ्ग्रेजीमा प्रकाशन गरिने छ ।

जिल्लाको बिशेषता झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहनेछ । कलात्मक प्रवेशद्वार साथै बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति समेत राखिनेछ ।

विविध खेलकूद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेषभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताउनुभयो ।

महोत्सवमा पोल्ट्री, अटो, सूचना तथा प्रविधि, विद्युत्, मेड इन नेपाल, बैंक तथा वित्तीय संस्था परिसर, रेष्टुराँ, जनजातिको रहनसहन झल्किने घर आदि रहनेछन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस