आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रलोभनमा फसाईएका ४० महिलाको भारतबाट उद्धार

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ३८१ पाठक संख्या

काठमाडौं  , पुष १० : विभिन्न प्रलोभन देखाएर गैरकनुनी रुपमा विदेश पठाउन लागिएका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरुएक महिनादेखि भारतीय प्रहरी नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उनीहरुलाई मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

चालीस महिलामध्ये १३ लाई बुधबार र २७ लाई तीन दिनअघि नेपाल फर्काइएको उहाँले बताउनुभयो । नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो सिआइबी लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताउनुभयो ।  उद्धार गरिएका महिलालाई संस्थाको सुरक्षित आवासमा रहनुभएको संस्थाका कार्यक्रम संयोजक मीना विकले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस