आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वर्ण पदक जित्दा एक्लो भएको महसुस गरेँ : महेश्वर

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४५२ पाठक संख्या

काठमाडौं , पुष १० : थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई भब्य स्वागत गरिएको छ ।

७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न समर्थक तथा सुभेच्छुकसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महेश्वरले स्वर्ण पदक जित्दाको क्षण बयान गरिनसक्नुभएको बताए । ‘आफ्नो देशको नाम उच्च बनाउन पाउँदा म निकै भावुक बनेँ । सबैको साथ र सहयोगले यहाँसम्म पुग्न सफल भएको हो’ उनले भने, ‘पुरानो राष्ट्रिय गीत बजेपनि छोरा त म नेपालीकै हो । त्यो बेलामा धेरै कुरा मनमा खेलिरहेको थियो ।’

महेश्वरका अनुसार प्रतियोगिताकै लागि करिब ६ महिनादेखि अभ्यास गरेका थिए भने ७/८ लाख खर्च भएको थियो । उनले भने, ‘सरकारले मलाई निकै सहयोग गरेको छ । आउने पिँढीहरुलाई झनै राम्रो बनाए राम्रो नतिजा ल्याउन सकिन्छ ।’

नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उनलाई स्वागत गर्दै राष्ट्रले महेश्वरको योगदानलाई उचित सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘स्वर्ण पदक विजेता महेश्वर श्रेष्ठलाई नगद तीन लाख दिने घोषणा यसअघि गरेको छु र दिनेछु । उनले संघको मात्रै हैन सिंगो देशको नाम उच्च बनाएको छ ।’

उपाध्यक्ष तिम्सिनाले राखेपले उनको योगदानको कदर गर्ने भन्दै पुरस्कार दिन सरकारलाई आग्रह गरे । उनले भने, ‘उहाँले देशको नाम उच्च बनाउनु भएको छ । नेपाल सरकारसमक्ष हामी उचित सम्मानको लागि आह्वान गर्छौं ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस