आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक कार्यालय बाराद्धारा जीतपुरमा ट्राफिक नियम सम्बन्धि जनचेतना कार्यक्रम

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ५ साल अघि) ४८० पाठक संख्या

AP डेस्क
जीतपुर, पुस १० : जील्ला ट्राफिक कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा ट्राफिक जनचेतना कार्यक्रमको आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारीमा सडक सभ्यता अभिबृद्धि तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि सडक सुरक्षा सप्ताह अन्तरगत जील्ला ट्राफिक कार्यालय बाराले यो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै जीपतुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले सवारी साधन चलाउने आफ्नो र आफन्तको ख्याल गरेर मात्र चलाउन आग्रह गर्नुभएको थियो । उहाँले मानिसको अब्यवहारीक नितिका कारण सवारी दुर्घटनामा बृद्धि हुँदै गएको बताउदै सडक प्रयोग गर्दा सबैले ध्यानमा राख्न आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै जील्ला ट्राफिक प्रहरी कार्यालय बाराको प्रहरी निरिक्षक विश्व विजय ढकालले चिसो बढेसंगै सवारी चालकको लपारवाहिका कारण दुर्घटनमा बृद्धि हुने गरेकोले सावधानि अपनाएर सवारी साधन चलाउने कुरामा जोडदिनुभएको थियो ।

जील्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरिक्षक ढकालको सभापतित्वमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरिक्षक सुवास हमाल, जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा सदस्य मोहरम मंसुर, ट्राफिक पोष्ट जीतपुरका प्रहरी नायब निरिक्षक चन्द्रकुमार श्रेष्ठ, प्रहरी सहायक निरिक्षक सैलेन्द्र यादब लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

ट्राफिक प्रहरी बाराले औपचारीक कार्याक्रम पश्चात सडकमा ट्राफिक जनचेतना मुल्क स्टिकरहरु मोटर साईकल लगाएत अन्य सवारी साधनमा टास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस