आज:  २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

स्थायी कमिटी बैठक : ओली-प्रचण्डले जवाफ दिँदै

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ७ साल अघि) ५३८ पाठक संख्या

काठमाडौं , पुष ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । विहान ८ बजेबाट बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ ।

यस अघिको स्थायी कमिटीको बैठकमा नेताहरुले सरकारको कामका बिषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिवेदनमा आवश्यक सुझाव समेटेर पारित हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

विहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको छ । बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बस्दैछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस