काठमाडौं , पुष ११ : उपत्यकामा वर्षकै अहिलेसम्मकै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले आज बिहान गरेको मापनअनुसार काठमाडौँको तापक्रम १.५ डिग्री सेल्सियसमा झरेको हो । हिजो मङ्गलवार बिहान उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मौसम विद्का अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिए पनि ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो ।आकाश सफा देखिएको बेला र हल्का हावा चलेको बेलामा बिहानैभन्दा चिसो महसुस हुन्छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस