आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा अध्यक्षको प्रतिवेदन सच्याउन कार्यदल बनाइने

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं  , पुष ११ :  नेपाल कम्युनिष्ट पार्टी नेकपा)ले अध्यक्षकाे राजनीतिक प्रतिवेदन सच्याउन कार्यदल बनाउने भएको छ ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरुले परिमार्जन गर्न सुझाव दिएपछि नेतृत्वले त्यसको लागि कार्यदल  बनाउने याेजना बनाएकाे हो । तर कार्यदलकाे याेजना बने पनि संयोजक र सदस्यहरुको टुंगो भने लागिसकेको छैन ।

स्थायी कमिटी सदस्यहरुले अध्यक्षको प्रतिवेदनसँगै नेतृत्वको तीब्र आलोचना गरेका छन् । बैठकमा स्थायी कमिटीका अधिकाँश नेताहरुले प्रतिवेदन पुर्नलेखन नै हुनुपर्ने धारणा राखेका थिए । नेताहरुको आलोचनापछि नेतृत्व प्रतिवेदन पुर्नलेखन नगरी परिमार्जन मात्र गर्ने टुंगोमा पुगेको हो ।

पार्टी मुख्यालय धुमबाराहीमा साताअघि शुरु भएको स्थायी कमिटी तेस्रो बैठक बुधबार सकिएको छ । बैठकमा स्थायी कमिटी सदस्यहरूले नेतृत्वको कार्यशैली माथि गरेका टिप्पणी र प्रश्नको अध्यक्ष दाहालले बुधबार जवाफ दिनुभएको छ ।अर्को बैठक बिहिबार दिउँसो ३ बजे बस्ने कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस