आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपामा अन्तरकलह छैन, केही किन बदनाम गरिरहेछन् ?

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ५०९ पाठक संख्या

काठमाडौं , पुष ११ :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा संयोजक फेरिएपछि पुरानो दलको गुट–उपगुट सक्रिय हुँदै गएको र राजपा आन्तरिक कलहमा फस्दै गएको छ । तर राजपाभित्र कुनै पनि अन्तरकलह नरहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले दाबी गर्नु भएको छ ।

२०७४ वैशाखमा छ दल मिलेर बनेको राजपामा संयोजक फेरिएसँगै राजपामा रहेको विवाद बढ्दै गएको हो । अध्यक्ष मण्डल रहने र पालैपालो संयोजक रहनेगरी पार्टी एकता भएको थियो । राजपा गठन हुँदा अध्यक्षमण्डल संयोजक रहेका महन्थ ठाकुर चयन भएका थिए । ठाकुरलार्ई १८ महिनासम्म निरन्तरता दिइएको थियो । चक्रीय प्रणाली राख्ने सहमतिअनुसार संयोजक रहने व्यवस्था भएको भन्दै ४ मंसिरमा राजेन्द्र महतो संयोजक बन्नुभयो ।

ठाकुर नेतृत्वको अध्यक्षमण्डलमा राजेन्द्र आएसँगै केही नेता, पदाधिकारी असन्तुष्ट र रुष्ट बने । असन्तुष्ट नेताले सार्वजानिक रुपमै असन्तुष्टि पोखेको पाइएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले पार्टीमै आफनो असहमति जनाइसकेका छन् । ‘१८ महिनासम्म ठाकुरलाई संयोजक मान्दै आयौँ अब महाधिवेशनसम्म पर्खेको भए के हुन्थ्यो र ?’ झाको असन्तुष्टि सतहमै आएको छ ।

जनता समाचार सँगको कुराकानीमा राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भन्नुभयो, ‘पार्टीभित्र कुनै आन्तरिक कलह र गुट–उपगुट सक्रिय छैन, राजपालाई बदनाम गर्न केही मान्छेले षड्यन्त्र रचेका छन्, हामी हेरिरहेका छौँ ।’

नेता यादवले भन्नुभयो, ‘बुधबारदेखि शुरु हुन लागेको हिउँदे अधिवेशनमा सरकारको कामकारबाही, गुाण र दोष, अहिलेसम्म सरकारले गरेको प्रगतिको आधारमा समर्थन र विरोध गर्छौँ ।’ भन्नभयो, ‘सरकारलाई जुन आधारमा समर्थन गरेका थियौँ, के कति प्रगति भयो भन्नेमा जवाफपछि त्यसैअनुरुप दृष्टिकोण बनाउँछौँ ।’

राजपाले सरकारसँग संविधान संशोधन, सरकारसँग भएको सम्झौता कार्यान्वयन, आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता र सांसद रेशम चौधरीको रिहा र शपथको माग राख्दै आएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस