वीरगन्ज , पुष ११ : प्रधानाध्यापक सरुवाको विषयलाई लिएर वीरगन्ज महानगरमा जारी विद्यार्थीको आन्दोलन बुधबार बिहानैदेखि उग्र बनेको छ ।बिहानदेखि वीरगन्जको घण्टाघर , आदर्शनगर तथा महानगरपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको हो ।
ठाउँठाउँमा प्रहरी र विद्यार्थीबिच झडप समेत भएको छ । महानगरपालिका कार्यालय घेराउ गर्न जाने क्रममा विद्यार्थी र प्रहरीबिच झडप हुँदा स्थिति तनाव ग्रस्त बनेको हो । प्रहरीले स्थिति नियन्त्रण गर्न आसुरग्यास तथा लाठी चार्ज गरेको छ। रातो स्कुल ड्रेसमा रहेका विधापिठ माविका विद्यार्थीहरूले प्रधानाध्यापक विनोद मेहताको सरुवा गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका छन् ।
महानगरभित्रका रहेको १९ वटा मावि मध्ये ८ वटा माविका प्रधानाध्यापकहरूको सरुवा महानगरले गरेको छ। महानगरपालिकालाई सरुवा गर्न नमिल्ने बताउँदै सरुवाको विरोधमा विगत चार दिन देखी शिक्षक सङ्गठनहरूले दुई दिन देखी विद्यालय ठप्प गरी आन्दोलनमा रहेका छन् ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस