आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी दुर्घटनामा ४ को मृत्यु

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४५७ पाठक संख्या

काठमाडौं , पुष ११ : सुनसरी, सप्तरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सुनसरीईनरुवा नगरपालिका–३ स्थित  को १२ प ९५०८ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० वर्षीय संजय पण्डितको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरी कोशी गाउँपालिका–७ स्थित डि एल ३ सी बि एम १३९८ भारतीय नम्बरको जिपले मंगलबार बेलुका ठक्कर दिंदा एक जनाकाे मृत्यु भएकाे छ । गम्भीर घाइते भएका ८ वर्षीय छोरा अनन्द सदाकोजिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।

सप्तरीतिलाठी कोईलाडी गाउँपालिका–२ स्थित जेसीबीले मंगलबार बेलुका ठक्कर दिंदा ४५ वर्षीय नारायण खङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका खङको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार जेसीबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रौतहटगुजरा नगरपालिका–४ फुलबारी टोलस्थित ना.४त ४६२ नम्बरको ट्याक्टरले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएकी रौतहट पैराहा नगरपालिका–१ जिंगडवा बस्ने अबलेश खातुनको २ वर्षीया छोरी सिदरा खातुनको उपचारको लागि अस्पतालतर्फलैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस