आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘राष्ट्रिय खेलकूद १५ दिन सर्न सक्छ’

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ४८१ पाठक संख्या

बाँके  , पुष ११ : राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताउनुभएको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा बुधबार उदघाटन गर्दै सदस्यसचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुनसक्ने बताउनुभयो ।

प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति प्रस्ताव गरिएको भएपनि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम मात्र सकिएकोले प्रतियोगिता सर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला प्रमुख चुनौती बनेको भन्दै प्रतियोगिताको उदघाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्याराफिट मलेसियामा बनिरहेकाले पनि ढिलाइ हुनसक्ने धारणा राख्नुभयो ।

प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ । परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस