आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ५३६ पाठक संख्या

काठमाडौं  , पुष ११ : भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु पाकिस्तानी सेनाको आक्रमणमा मारिएका छन् ।

रुपन्देहीको तिलोत्तमा-९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २/८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् ।

त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।

भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस