आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘राजनीतिक प्रतिवेदन परिमार्जन हुन्छ’

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं  , पुष ११ : कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन परिमार्जन हुने बताउनु भएको छ ।

बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबार जवाफ दिँदै प्रतिवेदन परिमार्जन हुने प्रतिवद्धता जनाउनु भएको हो । ‘प्रतिवेदन स्थायी दस्तावेज होइन यो परिमार्जन गर्न सकिन्छ र परिमार्जन हुन्छ’ उहाँले भन्नुभयो, ‘प्रतिवेदनलाई स्थायी समितिका सदस्यहरुले राख्नु भएको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर पूर्णता दिइनेछ ।’

पूर्वप्रधानमन्त्री दाहालले पार्टीका नेता तथा कार्यकर्ताले सरकारको आलोचना गर्न उचित नहुने बताउनु भयो । ‘मुलुकमा पहिलो पटक कम्युनिष्टको बहुमत सरकार बनेको छ, यसबाट राष्ट्रिय तथा अन्तर्राष्टिय कम्युनिष्ट विरोधी शक्तिहरु आत्तिएका छन्’ उहाँ भन्नुभयो, ‘उनीहरु अहिले नेपालमा कम्युनिष्ट सरकार टिक्ने भयो भनेर आत्तिएका छन् । यस्लाई टिक्न दिन हुन्न भनेर अनेक प्रपञ्चमा लागेका छन् । सरकार कसरी ढाल्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् । यस्तो बेला पार्टीभित्रै साथीहरु ती शक्तिको लैलै राखेर सरकारको विरोध गर्नु कति उचित छ । त्यो यहान्हरुले नै मनन गर्ने कुरा हो ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस