आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा महाधिवेशनमा जुट्यो

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ५ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं  , पुष ११ : राष्ट्रिय जनता पार्टीले महाधिवेशनको तयारी तीब्र पार्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलकाे बुधबार बसेको बैठकले आसन्न महाधिवेशन तयारीका लागि सदस्यता नवीकरण लगायतका काम अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि उत्पन्न राजनीतिक परिस्थितका बारेमा पनि छलफल भएको थियो । अध्यक्ष मण्डलका सदस्यले सरकारले संविधान संसोधनका लागि उपयुक्त वातावरण बनाउन सरकारले मागेको सात दिनको समयसिमा र सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल गरेका थिए ।

लामोसमय अध्यक्ष मण्डलको बैठक बस्न नसकेका बेला बुधबार बसेको हो । तत्कालीन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक बनाएपछि राजपामा आन्तरिक कलह चुलिँदै गएको हो । संयोजक फेरिएको २ महिना पुग्न लाग्दा पनि अध्यक्षमण्डलको बैठक बस्न सकेको थिएन । तत्कालीन संयोकक ठाकुरले आफ्नो पक्षलाई मनाएर मनाएर मात्र बैठक बोलाउन संयोजक महतोलाई चुनौती दिएपछि राजपामा आन्तरिक कलह बढ्दै गएको हो ।

यसैबीच अध्यक्ष मण्डलका सदस्य अनिल झाले आजको बैठक बहिस्कार गर्नुभएको छ । संयोजक फेरिएदेखि नै महतोसँग असन्तुष्ट रहेका झा बिना सूचना बैठकमा अनुपस्थित हुनुभएको राजपाले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस