आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा ७ वर्षकी बालिका बलात्कृत, युवक पक्राउ

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४१० पाठक संख्या

सप्तरी , पुष ११ : सप्तरीमा सात बर्षकी बालिका बलात्कार गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेका छन् । सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस