महोत्तरी , पुष १२ : विगत केही दिन देखिकाे चिसोकाे प्रभावले तराईमा दुई वृद्धाको मृत्यु भएको छ । चिसाेकाे कारण जलेश्वर नगरपालिका –७ बखरी निवासी ६५ वर्षीया दौलतिया देवी कापरको मृत्यु भएको हो ।
केही दिन देखि चिसोले बिरामी परेकी मृतक वृद्धा कापरलाई बुधबार बिहान जलेश्वर अस्पतालमा उपचार सम्भव नहुने भएपछि घर लगिएको केही घन्टापछि मृत्यु भएको परिवारले जनाएकाे छ ।
त्यस्तै जलेश्वर नगरपालिका – ५ पर्सामा समेत एक वृद्धाको पनि मृत्यु भएको थियो । उनको पनि चिसोका कारण मृत्यु भएको स्थानिय तथा परिवारले बताएका छन् । तर, त्यसको पुष्टी भने हुन सकेको छैन ।
तराई मधेशमा चिसो बढ्दै गर्दा मृतकको संख्या समेत बढ्दै गएपनि अधिकांशलाई कानुनी प्रकिृया थाहा नहुँदा समेत चिसोले मर्नेको यकिन तथ्यांक बाहिरिन समस्या भएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस